Rup Chandra Bista (Rudane)

रुप चन्द्र विष्ट (रूदाने)

नेपालको राजनीतिक इतिहासमा सुपरिचित व्यक्तित्व हुनुहुन्थ्यो रुप चन्द्र विष्ट । सर्वहारा वर्गको उत्थान, नारी , किसान चेतनाको जागरण, हितमा वकालत, सबैमा शिक्षा पुर्‍याउन पर्छ भनी स्वयं कार्य क्षेत्रमा निरन्तर खटिने रुप चन्द्र विष्ट तत्कालिन व्यवस्था र शासकका लागि शिरदर्द हुनुहुन्थ्यो । 

राष्ट्रिय पञ्चायतको निर्वाचनमा  सवै धााधलीलाई चिर्दै २ पटक सम्म मकवानपुरबाट विजयी हुनु भएका विष्ट राष्ट्रिय पञ्चायत भित्रै जनमुखि सदस्यका रुपमा निर्दलिय पञ्चायती व्यवस्थाको कट्टर विरोधीको भूमिका निर्वाह गर्नु हुन्थ्यो । आफ्नो सिद्धान्तबाट कहिल्यै विचलित नहुने ‘थाहा’ दर्शनका अभियन्ता विष्ट माथि बारम्बार तत्कालिन शासकवाट विभिन्न आक्रमण हुने गर्दथ्यो ।

तत्कालिन सत्ता जसरी हुन्छ उहाालाई समाप्त गर्न चाहन्थ्यो । कयौं पल्ट उहाालाई जेलको कष्ट दिइयो र अमानवीय यातना दिइयो । तर त्यो जुझारु व्यक्तित्वलाई गलाउन भने सकेन । पद र पैसामा किन्न नसक्ने , निर्दंलिय सदनमा कम्युनिष्ट र काग्रेसको समेत प्रतिनिधित्व गर्ने निष्पक्ष सक्रीयताको अभ्यास थाहा आन्दोलनको प्रणेता रुपचन्द्र विष्ट चम्कीलो तारा र स्वच्छ जिवन पद्धतिको आर्दश व्यक्ती हुनु हुन्थ्यो ।

 उहांको सम्मानस्वरुप हेटौंडा स्थित शहिद स्मारकमा ‘थाहा स्तम्भ’, दामन गाविसमा थाहा द्वार र दामनकै विकासघरमा ‘थाहा सभाकक्ष’ निर्माण भएका छन् । 

पञ्चायती दवदवाको बेला जनताअधिकार र समाजको विकासको वकालत गर्ने त्यो सुदृढ व्यक्तित्वको सम्झनामा  ‘हुलाक टिकट’ समेत प्रकाशित गरिएकाे थियाे । 

उहांको जन्म वि. सं. १९९० सालमा भएको थियो । ६५ वर्षको उमेरमा २०५६/३/७ गते उहांको निधन भयो ।